काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार(आज) परराष्ट्र मन्त्रालयद्वारा ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरिएको छ।
मन्त्रीहरूको उपस्थिति रहेको कार्यक्रममा कूटनीतिक आचारसंहिताको महत्त्व, यसको प्रभावकारी कार्यान्वयन तथा समसामयिक परराष्ट्र मामिलाका विविध पक्षहरूबारे छलफल भइरहेको छ। १०:३० बजेबाट शुरु भएको कार्यक्रम अहिले पनि जारी छ ।
कार्यक्रममा कूटनीतिक व्यवहारलाई मर्यादित, व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्न आचारसंहिताको भूमिका महत्त्वपूर्ण हुने विषयमा जोड दिइएको छ। साथै, परराष्ट्र नीतिको कार्यान्वयनमा स्पष्टता र एकरूपता कायम गर्ने विषयमा पनि सरोकारवालाबीच विचार आदान–प्रदान भइरहेको बताइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, कूटनीतिक आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०८२, ११ : ४८
लेखकबाट थप