काठमाडौँ । अघिल्लो कार्यकालमा भारतीय नाकाबन्दीको दृढतापूर्वक सामना गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालको मध्यान्तरमा भारतीय कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग फिर्ता लिएरै छाड्ने उद्घोष गरेका छन् ।
भारतीय कब्जामा रहेको भूमि नेपालको नक्सामा समेट्ने निर्णय मन्त्रिपरिषद्बाट गरेको भोलिपल्ट मंगलबार संघीय संसद्मा उपस्थित भएका प्रधानमन्त्री ओली भारतप्रति आक्रामक रूपमा प्रस्तुत भए । भारतले अहिलेसम्म अर्घेल्याइँ र झूटो दाबी गरेर नेपालको भूमि कब्जा गरेको उल्लेख गर्दै ओलीले चारमुखे सिंह अंकित भारतीय प्रतीक चिह्नमा लेखिएको ‘सत्यमेव जयते’ को अर्थ सम्झाउने प्रयास समेत गरे ।
‘चारमुखे सिंह भएको भारतको प्रतीक चिह्न छ, त्यसको मुनि सत्यमेव जयते लेखिएको हुन्छ । सत्यमेव जयते भारतको चिह्नमुनि छ, त्यसमा विश्वासचाहिँ म गर्छु,’ भारतले शक्ति प्रदर्शन गरेको अर्थमा उनले भने, ‘म भारतलाई सोध्नेवाला छु, सत्यमेव जयते कि सिंहमेव जयते ?’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ जेठ २०७७, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
यस्तो छ एमालेले चाहेको नेपाली विशेषताको समाजवाद (दस्ताबेज)