चितवन । भरतपुुर महानगरपालिका–४ का वडा सदस्य प्रेम शर्मा पाठकको निधन भएको छ । पाठक लामो समयदेखि आन्द्राको समस्याबाट ग्रसित हुनुहुन्थ्यो ।
सन्ताउन्न वर्षीय पाठकको आज दिउँसो उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । उहाँ विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका–४ मा नेपाली काँग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०२० पुस ७ गते भारतको मोतिहारीमा जन्मनुभएका पाठक नेपाली काँग्रेस भरतपुर महानगरपालिकाका पूर्व सचिव, नेपाल तरुणदल चितवनका पूर्व सचिव भई काम गरिसक्नुभएको छ ।
नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले युवा नेताको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताउनुभयो । उहाँको अन्त्यष्टि आजै देवघाटमा गरिने परिवारले जनाएको छ । उहाँका दुई छोरा र एक श्रीमती रहनुभएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ जेठ २०७७, १७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन
तारकेश्वर गाउँपालिकाका वडाध्यक्ष रिमालको निधन
गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन
लिभरपुल र पोर्चुगलका स्टार स्ट्राइकर डिएगो जोटाको निधन