काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
नेपाली चलचित्रमा 'खलनायक' को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा 'राते काइँला' को नामले चर्चित थिए। उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ माघ २०८२, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनमा सुनिल थापा निर्विरोध निर्वाचित भएको घोषणा
राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित