झापा । झापाको गौरादह-४ स्थितमा गाईको बाछाे काटेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरादह-४ का २८ वर्षीय रमेश दर्जी, ५० वर्षीय रमेश सतार र सोही स्थानका ६० वर्षीय मद्रासी सतार रहेका छन् ।
हिजो राति १० बजे रमेश दर्जीको घरमा ३ जना मिलेर बाछाे काटेर मासु खाएको र बाछाेको टाउको तथा २ वटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेपछि आज बिहान सवा ८ बजे स्थानीयले प्रहरी चौकी माहारानी झोडामा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएकाे प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा गाईको बाछाे काटेको खुलेकाे हाे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०७७, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ