काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध हस्ताक्षर सङ्कलन अभियान शुरु गरेको छ ।
लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विरोधमा विश्वभर छरिएर रहेका नेपालीले भारतलाई दबाब दिन हस्ताक्षर सङ्कलन गर्न लागेको हुन् । हस्ताक्षर अभियान आजदेखि शुरु भएको छ ।
विश्वभरबाट सङ्कलन गरिएको हस्ताक्षर यही जेठ २३ गते काठमाडौँस्थित भारतीय दूतावासमा बझुाइने सङ्घले जनाएको छ । यही जेठ १८ गतेसम्म अनलाइनबाट हस्ताक्षर गर्न सकिनेछ ।
सङ्कलन गरिएको हस्ताक्षर जेठ १७ गते सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावास, मिसन तथा सम्बन्धित निकायमा बुझाइने सङ्घको सूचना–सञ्चार तथा प्रशाशन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०२ जेठ २०७७, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कश्मीर हमलापछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र