लमही । नेपाली कांग्रेसका नेता तथा प्रजातान्त्रिक योद्धा तेजबहादुर बस्नेतको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गाैला रोगबाट पीडित उहाँको ६६ वर्षका उमेरमा बिहान ७ बजे काठमाडौँमा निधन भएको छोरा दीपले जानकारी दिनुभयो ।
बस्नेत नियमित डायलायसिस गर्ने भएपछि काठमाडौँमा बस्दै आउनुभएको थियो । विद्यार्थीकालदेखि नै राजनीतिमा लाग्नुभएका बस्नेत प्रजातन्त्र प्राप्तिका लागि लामो समय कारागार बस्नुभएको थियो । त्यागी नेता बस्नेत महासमिति सदस्य र क्षेत्रीय सभापतिसमेत हुनुभएको थियो । उहाँले हेटौँडा सिमेन्ट कारखानाको कार्यसमिति सदस्यलगायत विभिन्न निकायमा रहेर काम गर्नुभएको थियो ।
उहाँको दाहसंस्कार दाङको शीतलपुरघाटमा गरिने परिवारले जनाएको छ । बस्नेतको निधनप्रति कांग्रेस दाङले दुःख व्यक्त गरेको छ । पार्टी जिल्ला सभापति कीर्तिबहादुर खड्काले उहाँको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०२ जेठ २०७७, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वरिष्ठ कलाकार 'राते काइँला' सुनिल थापाको निधन
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
गायक प्रशान्त तामाङको निधन
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन
तारकेश्वर गाउँपालिकाका वडाध्यक्ष रिमालको निधन