बेइजिङ । चीनले अमेरिकालाई आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा जवाफी निर्णय गर्ने चेतावनी दिएको छ ।
साथै अमेरिकालाई तत्कालै यो ‘गल्ती सच्याउन’ आग्रह पनि गरेको छ । अमेरिकाले गत साता चिनियाँ पत्रकारहरुको आगमनका लागि नयाँ शर्त लागु गरेको थियो । चीनले विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन मार्फत अमेरिकी नयाँ निर्णयको विरोध गरेको हो ।
आफूहरुले यस्तो निर्णय अस्विकार गर्ने चीनले जनाएको छ । यस्तो निर्णयलाई चीनले आफ्ना मिडियामाथि दबाबको रुपमा व्याख्या गरेको छ । ‘हामी यसको विरुद्ध कडा विरोध र असन्तुष्टि व्यक्त गर्छौँ, अमेरिकाले तुरुन्तै यो गल्ती सच्याओस् भन्ने हामी चाहन्छौँ । अन्यथा चीनसँग जवाफी उपाय लिने भन्दा अन्य विकल्प छैन,” झाओले भनेका छन् ।अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० बैशाख २०७७, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण