काठमाडौं । लिपुलेकमा नयाँ सडक उद्घाटनपछि देखिएको विवादबारे भारतले औपचारिक धारणा बाहिर ल्याएको छ । नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सडक निर्माण गर्ने भारतीय पक्षको कदमप्रति आपत्ति जनाएको थियो ।
जवाफमा भारतले सडक निर्माण गरिएको भूभाग उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको आफ्नै भूभाग रहेको दाबी गरेको छ । भारतको विदेश मन्त्रालयका विशेष प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘९ मेइ २०२० मा नेपालको परराष्ट्र मन्त्रालयले भारतमा सडक उद्घाटनसँग सम्बन्धित रहेको जारी गरेको विज्ञप्ति हामीलाई प्राप्त भएको छ ।
भर्खरै उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा उद्घाटन भएको सडक सम्पूर्ण रुपमा भारतीय भूभागमा पर्छ । यो रुट कैलाश मानसरोवर जाने धर्मालम्बीले प्रयोग गर्दै आएका थिए । वर्तमान परियोजनाअन्तर्गत सोही रोडलाई दर्शनार्थी, स्थानीय र व्यापारीलाई सहज हुनेगरी बनाइएको हो । ’
विज्ञप्तिमा सीमानाका विषयमा छलफल गर्न नेपाल र भारतले संयन्त्र स्थापना गरेको र सीमाका विषयमा छलफल चलिरहेको उल्लेख छ । त्यस्तै, सीमा विवादलाई कुटनीतिक संवादबाट टुंग्याउन भारत प्रतिवद्ध रहेको पनि उल्लेख छ । त्यस्तै, विदेश सचिवस्तरीय संवादको समय निर्धारण गर्ने विषय प्रतिकृयामै र दुबै देशले कोभीड–१९ को चुनौती सामना गरेपछि छलफलको मिति तय गरिने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०७७, २२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’