काठमाडौं । लिपुलेकमा नयाँ सडक उद्घाटनपछि देखिएको विवादबारे भारतले औपचारिक धारणा बाहिर ल्याएको छ । नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सडक निर्माण गर्ने भारतीय पक्षको कदमप्रति आपत्ति जनाएको थियो ।
जवाफमा भारतले सडक निर्माण गरिएको भूभाग उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको आफ्नै भूभाग रहेको दाबी गरेको छ । भारतको विदेश मन्त्रालयका विशेष प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘९ मेइ २०२० मा नेपालको परराष्ट्र मन्त्रालयले भारतमा सडक उद्घाटनसँग सम्बन्धित रहेको जारी गरेको विज्ञप्ति हामीलाई प्राप्त भएको छ ।
भर्खरै उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा उद्घाटन भएको सडक सम्पूर्ण रुपमा भारतीय भूभागमा पर्छ । यो रुट कैलाश मानसरोवर जाने धर्मालम्बीले प्रयोग गर्दै आएका थिए । वर्तमान परियोजनाअन्तर्गत सोही रोडलाई दर्शनार्थी, स्थानीय र व्यापारीलाई सहज हुनेगरी बनाइएको हो । ’
विज्ञप्तिमा सीमानाका विषयमा छलफल गर्न नेपाल र भारतले संयन्त्र स्थापना गरेको र सीमाका विषयमा छलफल चलिरहेको उल्लेख छ । त्यस्तै, सीमा विवादलाई कुटनीतिक संवादबाट टुंग्याउन भारत प्रतिवद्ध रहेको पनि उल्लेख छ । त्यस्तै, विदेश सचिवस्तरीय संवादको समय निर्धारण गर्ने विषय प्रतिकृयामै र दुबै देशले कोभीड–१९ को चुनौती सामना गरेपछि छलफलको मिति तय गरिने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०७७, २२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको रक्षा बजेटमा १५ प्रतिशत वृद्धि: चीन र पाकिस्तानको चुनौतीबीच सेनालाई आधुनिक बनाउने लक्ष्य
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित
डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्नेबारे नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल
इयू र भारत व्यापार सम्झौताको नजिक