दार्चुला । भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि स्थानीयस्तरमा यसबारे कुनै जानकारी छैन । शुक्रबार भारतीय सञ्चार माध्यममा तवाघाट–लिपुलेक सडक उद्घाटन गरेको समाचार आएपछि यहाँका सरकारी निकायलगायत स्थानीय चकित भएका हुन् ।
गत फागुन पहिलो साता स्थलगत रिपोर्टिङमा जाँदा भारतीय पक्षले नेपाली भूमि प्रयोग गरेर व्यास गाउँपालिका १ र २ वडाको सीमाको पारितर्फ धमाधम सडक बनाइरहेको थियो । माल्पा र बुदीको बीचमा कडा चट्टानी भूभागमा सडकको यता र उता ६ ठाउँबाट मेसिनले कटिङ भइरहेको थियो । लिपुलेकबाट बुदीसम्म एक वर्षअघि नै सडक बनेको थियो ।
बुदीबाट लिपुलेकसम्म ३६ किलोमिटर दूरी छ । बुदीबाट कालापानी २७ किलोमिटर र सीतापुल १० किलोमिटरको दूरीमा छ । माल्पा र बुदीको ९ किलोमिटर क्षेत्रमा दुवैतर्फबाट निर्माण गत वर्षबाटै सुरु भएपछि करिब एक महिनाअघि सडक जोडिएको व्यासका स्थानीयले बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २७ बैशाख २०७७, ०७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु