काठमाडौँ । लकडाउनका कारण मजदूरी गर्न नपाएर खाद्य पदार्थ अभाव समस्या भोगिरहेका नारायण नगरपालिका–१ नमूना बस्तीका अतिगरीब सिमान्तकृत बादी समुदायका ३६ परिवारलाई दोहो¥याएर राहत दिइएको छ ।
सामुदायिक सशक्तीकरण तथा रुपान्तरण (कमिट) नेपालगञ्जले पठाएको रकमबाट नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेखसँग सामान खरीद गरी वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले बताउनुभयो ।
सो समुदायले आफ्नो समस्या जनाएपछि कमिटले रु ४० हजार पठाएको कमिटका कार्यकारी निर्देशक केशव बादीले जानकारी दिनुभयो । गत चैत तेस्रो साता नगरपालिकाले दिएको खाद्य पदार्थ सकिएको र लकडाउन लम्बिदै जाँदा समस्या भएको जानकारीका आधारमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा कमिटले सो सहयोग गरेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २५ बैशाख २०७७, २१ : ४६
लेखकबाट थप