काठमाडौं । नेकपाका २० जना स्थायी समिति सदस्यहरु आगामी रणनीतिबारे छलफल गर्न पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका छन् ।
स्थायी समितिको बैठक अनिश्चित भएपछि नेकपाको मुख्यालय धुम्बाराहीमा बिहीबार भेला भएका उनीहरुले विधान विपरित बैठक नबोलाएर नेतृत्वले गम्भीर गल्ती गरेको निष्कर्ष निकालेका छन् ।
त्यस्तै उनीहरुबीच नेतृत्वले बैठक नबोलाए आफै बोलाउने विषयमा समेत छलफल भएको सहभागी एक सदस्यले बताए ।
भेलामा गत बैशाख १० गते बैठकको माग गर्दै हस्ताक्षरसहित पत्र बुझाउने सदस्यहरु सहभागी भएका थिए ।
बैठकका लागि अझै दवाव दिने निष्कर्ष निकालेको स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए ।
बिहीबारबाट सुरु हुने भनिएको स्थायी समिति बैठक बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अचानक बैठकको औचित्य नभएको भन्दै अरुचि देखाएपछि स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेकपा धुलो टक्टकाएर फेरि उठ्छः पुन
निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद ज्ञापन
नेकपाबाट समानुपातिकमा को बन्लान् सांसद ?
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
प्रत्यक्षमा ७ सिट जितेको नेकपाले समानुपातिकमा कटायो ६ लाख मत
सल्यानमा नेकपाका मल्लको सुरुवाती अग्रता