काठमाडौं । नेकपाका २० जना स्थायी समिति सदस्यहरु आगामी रणनीतिबारे छलफल गर्न पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका छन् ।
स्थायी समितिको बैठक अनिश्चित भएपछि नेकपाको मुख्यालय धुम्बाराहीमा बिहीबार भेला भएका उनीहरुले विधान विपरित बैठक नबोलाएर नेतृत्वले गम्भीर गल्ती गरेको निष्कर्ष निकालेका छन् ।
त्यस्तै उनीहरुबीच नेतृत्वले बैठक नबोलाए आफै बोलाउने विषयमा समेत छलफल भएको सहभागी एक सदस्यले बताए ।
भेलामा गत बैशाख १० गते बैठकको माग गर्दै हस्ताक्षरसहित पत्र बुझाउने सदस्यहरु सहभागी भएका थिए ।
बैठकका लागि अझै दवाव दिने निष्कर्ष निकालेको स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए ।
बिहीबारबाट सुरु हुने भनिएको स्थायी समिति बैठक बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अचानक बैठकको औचित्य नभएको भन्दै अरुचि देखाएपछि स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?