सल्यानमा नेकपाका मल्लको सुरुवाती अग्रता

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, १५ : ३०
सल्यानमा नेकपाका मल्लको सुरुवाती अग्रता

काठमाडौँ । एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रमेशकुमार मल्लले सुरुवाती अग्रता लिएका छन् ।

८१२ मतको गणना गर्दा मल्लले २५९ मत पाएका छन् । २२३ मतसहित उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले पछ्याइरहेका छन् ।

नेपाली काँग्रेसका केशबहादुर विष्टले १६१ र नेकपा एमालेका गुलाबजंग शाहले १२३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस