काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा छ । हालसम्म कुल १ करोड ७ लाख ३२ हजार ९३२ मत गणना सकिँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो स्थानमा छ ।
उसले अहिलेसम्म समानुपातिक तर्फ ८ लाख ४ हजार १७१ मत प्राप्त गरेको छ। प्रत्यक्ष तर्फ उसले ८ सिट जितेको छ । अब करिव ३ लाख जति मात्रै समानुपातिक मत गणना बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
नेकपाले समानुपातिक तर्फ पाएको मत प्रतिशत ७ दशमलव ४९ प्रतिशत हो । अघिल्लो चुनावको तुलनामा उसको झण्डै साँढे ३ लाख मत यसपटक घटेको देखिएको छ । यस आधारमा प्रतिनिधिसभामा नेकपाले समानुपातिक तर्फबाट ९ जना सांसद छान्न पाउने देखिएको छ । त्यसो हुँदा नेकपाबाट समानुपातिकमा को बन्न सक्लान् सांसद ? अहिले समानुपातिक उम्मेदवाररहेका हरुले आफु पर्ने नपर्ने जोडघटाउ गर्न थालेका छन् ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । यस हिसावले उक्त संख्या पुर्याउन दलहरूबाट ७५ महिला सांसद समानुपातिकबाट निर्वाचित हुने देखिएको छ । दलहरूले राष्ट्रिय सभामा रहेका, प्रतिनिधिसभामा प्रत्यक्षबाट निर्वाचित भएका र नपुगलाई समानुपातिकबाट समेटेर संसद्मा महिला सांसदको संख्या कम्तीमा एक तिहाइ पुर्याउनुपर्ने कानुनी प्रावधान छ ।
त्यसका लागि निर्वाचन आयोगले समानुपातिकबाट सिट पाउने दलहरूले कति संख्यामा महिला निर्वाचित गर्नुपर्ने हो, त्यसको हिसाब निकाल्न थालेको निर्वाचन आयोगले जनाएको छ । नेकपासँग अहिले प्रत्यक्षमा जितेको ८ र राष्ट्रिय सभामा उसको १७ जना सांसद छन् । प्रत्यक्षमा नेकपाको कोही पनि महिला निर्वाचत भएका छैनन । प्रत्यक्षमा निर्वाचित ८, राष्ट्रिय सभामा रहेका १७ र समानुपातिकमा आउन लागेको ९ गरी कुल ३४ जना सांसद संघीय संसदमा नेकपाको हुनेछ ।
यस आधारमा नेकपाले संसदमा १२ जना महिला सांसदको प्रतिनिधित्व गराउनुपर्ने हुन्छ । राष्टिय सभामा अहिले उसको ८ जना महिला सदस्य छन् । अब ४ जना समानुपातिकबाट नेकपाले महिला सांसद छान्नुपर्ने बाध्यात्मक अवस्था छ ।
त्यसो हुँदा ४ महिला र ४ पुरुषले समानुपातिक तर्फबाट अवसर पाउने देखिन्छ । नेकपाको बन्दसूचीमा खस आर्यतर्फ महिलातर्फ क्रमशः बलावती शर्मा, दिलकुमारी पन्त, कमला नहर्की, पुरुषतर्फ प्रमेशकुमार हमाल, शिब बास्तोला, जितवहादुर दाहाल, आदीवासी जनजाति तर्फ महिलामा भीमकुमारी बुढामगर, लक्ष्मीकुमारी लामा, निर्मला श्रेष्ठ, पुरुषतर्फ परशुराम तामाङ, पुष्पराज राजकर्णिकार, चेतबहादुर पुन, मधेसीतर्फ महिलामा ताराकुमारी महतो, जगरनिया देवी, पुरुषतर्फ जोगकुमार बर्बरिया यादव, श्रीप्रसाद साह दलितर्फ महिलामा पार्वती विक, गीता गहतराज, पुरुषमा गणेशबहादुर विश्वकर्मा, शंकरप्रसाद दुलाल, मुस्लिम तर्फ महिलामा कमरुल नस पुरुषतर्फ ताज महमद मियाँ थारुतर्फ महिलामा निराशा चौधरी र पुरुषतर्फ लक्ष्यबहादुर चौधरी मध्येबाट सांसद बन्ने सम्भाबना छ । यसभन्दा बाहेकको भने नेकपाले समानुपातिकमा पाएको मतका आधारमा सम्भाबना अब टरेको छ ।
तर यसमध्ये नेकपाले कसरी समानुपातिक उम्मेदवार आफुले पाउने ९ सिटमा ४ महिला अनिबार्य छानेर तय गर्छ त्यो भने उक्त दलको निर्णय पर्खिनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ फागुन २०८२, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक जारी
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
नेकपामा ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समिति गठन (नामावलीसहित)
नेकपाद्वारा १० बुँदे कार्ययोजना प्रस्ताव
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
राजनीतिक पूर्वाग्रह राखेर द्वन्द्व सिर्जना हुने कार्य सरकारले नगरोस् : नेकपा