चितवन । भदौ २३ र २४ गते भएका घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै चितवनका जेनजी (Gen Z) युवाहरूले भोलि विरोध प्रदर्शन गर्ने भएका छन्।
चितवन जेनजी समूहका प्रतिनिधिहरूका अनुसार उक्त प्रदर्शन जिल्ला प्रशासन कार्यालय अगाडि आयोजना गरिनेछ। उनीहरूले सम्बन्धित निकायसँग घटनाबारे पारदर्शी छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
युवाहरू विगत ४ दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडि निरन्तर धर्नामा बसिरहेका छन्।
युवाहरूका अनुसार उनीहरूले पटक–पटक आफ्नो माग राख्दा पनि जिल्लाका सम्बन्धित निकाय तथा व्यक्तिहरूबाट कुनै सुनुवाइ नभएको र उनीहरूको कुरा नबुझिएको गुनासो गरेका छन्। यसै कारण उनीहरू झनै आक्रामक बन्दै गएका छन्।
उक्त मागलाई थप सशक्त बनाउन जेनजी युवाहरूले भोलि जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने भएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०८२, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको तयारी
जेनजी आन्दोलनबारे बालेनको बयान
ओली–लेखकदेखि प्रहरी अधिकारीसम्म : यि हुन् जाँचबुझ आयोगका घेरामा परेको व्यक्तिहरू
ओली, लेखक र खापुङलाई १० वर्ष कैद सिफारिस, सेनाको भूमिकानै संकास्पद
जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसको माग
जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै चितवनमा युवाहरुको धर्ना