काठमाडौं । कोरोना महामारी (कोभिड १९) को असर मुलुकको भौतिक विकासमा समेत पर्ने भएको छ । महामारीका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा कटौती हुने देखिएको छ ।
महामारीका कारण सरकारको लक्षित राजस्व सङ्कलनका साथै वैदेशिक ऋण तथा अनुदान सहयोगमा समेत कमी आउने देखिएको छ । विगतको तुलनामा आर्थिक वर्ष २०७७÷७८ को कुल बजेटको आकार नै सानो हुने भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा समेत कमी आउने देखिएको सो मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङका अनुसार कोरोना महामारीका कारण चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार सानो हुनेछ । बजेटको आकारमा कमी आउने भएकाले आर्थिक वर्ष २०७७÷७८ मा नयाँ कार्यक्रम थप हुने सम्भावना कम रहेको उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २५ बैशाख २०७७, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'