काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुता नै नेपाली समाजको विशेषता रहेकोले बुद्ध जयन्तीको अवसरमा संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्ने ताकत र उर्जा पैदा गरुन भन्ने कामना गरेका छन् ।
आज २५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कोरोना विरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्दै यो महामारीको विषम परिस्थितिसँग जुझ्न सबैमा मद्दत मिल्ने विश्वास गरेको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ–‘नेपाली भुमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि गौतम बुद्धको उपदेश विश्वमै लोकप्रिय रहेको उल्लेख गरेका छन् । स्वदेश तथा विदेशमा रहेका नेपाली जनसमुदाय तथा विश्वभरका बौद्धमार्गीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले भनेका छन्–‘बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याउनु भएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्नुपर्छ।’
त्यसैगरी आज नै परेको किराँत, (राई) लिम्बू, सुनुवार र याक्खा समुदायको उभौली पर्वको उपलक्ष्यमा सम्पुर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको कामना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०७७, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना