‘लकडाउन’ बढाउन ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै

बुधबार, २४ बैशाख २०७७, ०९ : ४९
‘लकडाउन’ बढाउन ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै

file photo

काठमाडौं । सरकारले गत चैत ११ गते यता निरन्तर समय थप गर्दै बढाउदै आएको लकडाउन फेरी थप गर्ने भएको छ । यसका लागि अहिले बिहान ११ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि भाली बिहीबार सकिने भएपछि यस विषयमा निर्णय लिनका लागि आज मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।  आज बस्ने मन्त्रिपरिषद बैठकमा लकडाउन थप गर्ने र लकडाउनको मोडालिटीका विषयमा छलफल हुने एक मन्त्रीले बताए । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।

उक्त बैठकमा लकडाउनका विभिन्न मोडालिटीका विषयमा छलफल भएको थियो । अहिले बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनको समय थप र मोडालिटीका विषयमा पनि निर्णय गर्ने बताइएको छ  । सरकारले ७ देखि १० दिन सम्म लकडाउन थप गर्न सक्ने ति मन्त्रीले बताए ।

पछिल्लो पटक नेपालगञ्चमा धेरै कोरोना संक्रमित भेटिएका छन् । हालसम्म नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये १६ जना उपचारपछि ठिक भएका थिए । निको भई घर फर्केका भनिएका काठमाडौं सनसिटी अपार्टमेन्टका एक पुरुष, रौतहट र विरगन्जका अन्य २ जनामा फेरि संक्रमण पोजेटिभ देखिएको छ ।