काठमाडौं । सरकारले गत चैत ११ गते यता निरन्तर समय थप गर्दै बढाउदै आएको लकडाउन फेरी थप गर्ने भएको छ । यसका लागि अहिले बिहान ११ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि भाली बिहीबार सकिने भएपछि यस विषयमा निर्णय लिनका लागि आज मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आज बस्ने मन्त्रिपरिषद बैठकमा लकडाउन थप गर्ने र लकडाउनको मोडालिटीका विषयमा छलफल हुने एक मन्त्रीले बताए । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।
उक्त बैठकमा लकडाउनका विभिन्न मोडालिटीका विषयमा छलफल भएको थियो । अहिले बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनको समय थप र मोडालिटीका विषयमा पनि निर्णय गर्ने बताइएको छ । सरकारले ७ देखि १० दिन सम्म लकडाउन थप गर्न सक्ने ति मन्त्रीले बताए ।
पछिल्लो पटक नेपालगञ्चमा धेरै कोरोना संक्रमित भेटिएका छन् । हालसम्म नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये १६ जना उपचारपछि ठिक भएका थिए । निको भई घर फर्केका भनिएका काठमाडौं सनसिटी अपार्टमेन्टका एक पुरुष, रौतहट र विरगन्जका अन्य २ जनामा फेरि संक्रमण पोजेटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक केहीबरेमा बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
विपिन जोशीको परिवारलाई १० लाख सहयोग उपलब्ध गराउने सरकारको निर्णय
यस्ता छन् बागमती मन्त्रिपरिषद् बैठकका निर्णय
मन्त्रिपरिषद् बैठक जारी