काठमाडौँ । पार्टी विभाजनको चरणमा पुगेर जोगिएको नेकपामा स्थायी समिति बैठकको एजेन्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’सम्मको विषयले विवाद निम्तिने देखिएको छ।
दुई अध्यक्षबीच दुई दिनयता छलफल भए पनि यी विषयमा सहमति जुट्न नसक्दा त्यसले विवाद स्थायी समिति बैठकमा बल्झिने संकेत गरेको हो।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार र मंगलबार भएको छलफलमा शक्ति बाँडफाँटलगायत मुद्दामा सहमति नभएको हो। स्थायी समितिको एजेन्डा, बैठक कति लामो बनाउने, कसरी छलफल गराउने भन्ने विषयमा अझै समझदारी जुट्न सकेको छैन।
दुई अध्यक्षबीचको कार्यविभाजन पुरानै सहमतिका आधारमा टुंगो लगाउने गरी एजेन्डा तय गर्न सोमबार दाहाल र महासचिव विष्णु पौडेललाई जिम्मेवारी भने तोकिएको थियो। तर, उनीहरूबीच मंगलबार छलफलै भएन। उनीहरूले एजेन्डा बुँदागत रूपमा तयार पार्ने जनाइएको छ। दाहालले आफ्नो तर्फबाट खेस्रा कोर्ने काम सुरु गरेको उनको निजी सचिवालयले जनाएको छ। नेकपाले सचिवालय बैठक आज (२४ वैशाख) र स्थायी समिति बैठक बिहीबार (२५ वैशाख)का लागि बोलाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ बैशाख २०७७, ०६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा