काठमाडौँ । नेकपाको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट सिर्जित सत्ता संकट तत्कालका लागि टरेको छ ।
नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेसँगै प्रधानमन्त्री बन्ने गौतमको सम्भावना एक कदम अघि बढेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने सम्भावना पनि तत्कालका लागि सकिएको छ ।
वरिष्ठ नेता माधव नेपालले एकताबद्ध भएर अघि बढ्ने कुरा राम्रो भए पनि मिल्ने बहानामा अर्काे पक्षलाई एक्ल्याउने कुराचाहिँ आफूले नमान्ने बताएका थिए । ‘एकताबद्ध भएर अघि बढ्नु धेरै राम्रो कुरा हो, यति कुराचाहिँ बुझिराख्नुस्, त्यही बहानामा दुई अध्यक्षको चोचोमोचो मिलाउने होइन,’ उनले भने, ‘पार्टी पद्धतिमा चलाउनुपर्छ ।’ दिउँसोसम्म आफ्नै समूहमा रहेर बैठकमा कडा रूपमा प्रस्तुत हुने बताइरहेका दाहालको शैली एकाएक बदलिएपछि नेपाल सशंकित बनेका थिए । ‘यो मिलनको कुरा राम्रो भए पनि मलाई विश्वास लागेको छैन, यसमा बेनिफिट अफ डाउट्स छ,’ नेपालको धारणा थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २१ बैशाख २०७७, ०६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल