काठमाडौँ । नेकपाको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट सिर्जित सत्ता संकट तत्कालका लागि टरेको छ ।
नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेसँगै प्रधानमन्त्री बन्ने गौतमको सम्भावना एक कदम अघि बढेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने सम्भावना पनि तत्कालका लागि सकिएको छ ।
वरिष्ठ नेता माधव नेपालले एकताबद्ध भएर अघि बढ्ने कुरा राम्रो भए पनि मिल्ने बहानामा अर्काे पक्षलाई एक्ल्याउने कुराचाहिँ आफूले नमान्ने बताएका थिए । ‘एकताबद्ध भएर अघि बढ्नु धेरै राम्रो कुरा हो, यति कुराचाहिँ बुझिराख्नुस्, त्यही बहानामा दुई अध्यक्षको चोचोमोचो मिलाउने होइन,’ उनले भने, ‘पार्टी पद्धतिमा चलाउनुपर्छ ।’ दिउँसोसम्म आफ्नै समूहमा रहेर बैठकमा कडा रूपमा प्रस्तुत हुने बताइरहेका दाहालको शैली एकाएक बदलिएपछि नेपाल सशंकित बनेका थिए । ‘यो मिलनको कुरा राम्रो भए पनि मलाई विश्वास लागेको छैन, यसमा बेनिफिट अफ डाउट्स छ,’ नेपालको धारणा थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २१ बैशाख २०७७, ०६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड