किन निम्त्याइयो अख्तियार प्रमुखलाई रातारात वालुवाटार ?

सफल खबर संवाददाता

शनिबार, २० बैशाख २०७७, ०८ : ५६
किन निम्त्याइयो अख्तियार प्रमुखलाई रातारात वालुवाटार ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गएराती (शुक्रवार) अख्तियार प्रमुख नविन घिमिरेलाई बालुवाटार बो लाएर भेटवार्ता गरेका छन् । सामान्यतयाः सीमित सार्वजनिक समारोह र वैठकहरु बाहेक अन्य ब्यक्तिगत रुपमा संवैधानिक अंगका रुपमा रहेका निकायका प्रमुख र कार्यपालिका प्रुमखवीचको भेट खास हुँदैन ।

तर प्रधानमन्त्री ओलीले भने कार्यलय समय भन्दा वाहिर, त्यसमा पनि रातमा संवैधानिक अंगका प्रमुखहरुलाई वालुवाटार बोलाएर अबेर  रातीसम्म घण्टौं घण्टा गफ गरेर बिताउन  थालेका उदाहरण अनेक देखिन थालेका छन् ।

ओली राजनीतिमा सधै आफु इतर पक्षलाई शक्तिमा रहेका बेला आफनो काम, शैली र योजनामा काटा चलाउन खोज्नेहरुलाई सकभर धम्काउेन, तर्साउने गरेरै भएपनि कावुमा लिने अस्त्रको पनि प्रयोग गर्न रुचाउँछन् ।

त्यसैका लागि उनले कहिले अख्तियार प्रमुख लाई  वालुवाटार बोलाउछन त कहिले सर्वोच्च अदालतका प्रधानन्यायधिस लाई ।

नेकपा स्थायी समिति सदस्य रघुजी पन्त प्रधानमन्त्रीको यो शैली भनेको आफनै पार्टी नेताहरुलाई तर्साउने , धम्काउने र मैदान खाली गरेर आफले पार्टी कब्जा गर्ने नियोजित योजनाका साथ भईरहेको षडयन्त्र भएको बताउँछन् ।

ओलीलाई अहिले पार्टीभित्र अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले चुनौति दिईरहेका छन् । उनीहरुले ओलीको पार्टी र सरकार सञ्चालनमा देखिएको स्वेच्छाचारी र निरंकुश शैलीको विरोधमा आवाज उठाएपछि ओली धम्काउने  तर्साउने फोहोरी राजनीतिको साहरा लिन लागिपरेको पन्तको बुझाई छ ।

ओलीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई भष्टाचार मुद्दामा फसाएर पार्टी कब्जा गर्न खोजेको पन्तले बताए । ‘पार्टी राम्रो सँग चलाऔं भनेर आबाज उठाउने नेताहरुलाई उहाँ (ओली)ले प्रतिस्पर्धी र प्रतिद्दन्द्दी बनाएर मैदान खाली गराउन खोज्ने काम गर्न खोज्नु भएको छ । त्यसका लागि माधव कमरेडलाई ललिता निवास काण्डमा भष्टाचारी देखाउने र मद्दा लगाउने र अध्यक्ष प्रचण्डलाई पनि अन्य कुनै काण्डमा भष्टाचारमा मुद्धा चलाउने र मैदान खाली गरेर पार्टी कब्जा गर्ने नीति प्रधानमन्त्रीले लिनुभएको देखिन्छ,’ पन्तले भने ।

ओलीले एउटै तीरले अनेक शिकार गर्ने गरेको विषय नौलो होइन । पछिल्ला केही घटनाक्रमलाई मात्र हेर्ने हो भने प्रधानमन्त्री ओलीको यो शैली छर्लङगै देखिएको छ ।

राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश ल्याउदा उनले एउटै तीरले अनेक शिकार खेल्न खोजेका थिए । जस्तोकी, पार्टीभित्र आफु अल्पमतमा परेपछि उनले मधेस केन्द्रीत दल विभाजन गरिदिने, त्यसका लागि आफु निकट सांसद र पूर्व आईजिपिसम्मलाई प्रयोग गरेर सांसद नै अपहरण शैलीमा उठाईदिने देखि आवश्यक पर्‍यो  भने आफ्नै पार्टी समेत विभाजन गरेर जाने सम्मका योजनाका लागि उनले अध्यादेश ल्याएका थिए । यो उनको एउटै तिरले अनेक शिकार खेल्न खोज्ने अध्यादेश थियो । भलैं अहिले त्यो चौतर्फी विरोध पछि फिर्ता लिन उनी आफै वाध्य भएका छन् ।

त्यसपछि पनि उनका गतिविधि शंकास्पद नै देखिएका छन् । सम्वैधानिक अंगका प्रमुखहरु (जो आफैमा स्वायक्त हुन्छन) लाई रातारात वालुवाटार निम्ताएर घण्टौं घण्टा छलफल गर्ने र छलफलका विषय सार्वजनिक नगरी पार्टीभित्रकै विपक्षी खेमालाई तर्साउने नीति अहिले ओलीले अख्तियार गर्न खोजेका छन् ।

कार्यलय समय भन्दा वाहिर मध्यरातमा सम्वैधानिक अंगका प्रमुखलाई वालुवाटार निम्ताएर उनले घण्टौ गफिनुले उनको नियत पार्टीभित्रकै विपक्षी खेमाका नेता तर्साउन प्रयास गर्ने देखि आफना कुन्सित उदेश्य पूरा गर्न कानुनी छिद्रा हरुको खोजी गर्ने प्रयास स्वरुप भएको लुक्ने विषय होइन ।

सोमबार मात्रै उनले प्रधानन्यायधिस चोलेन्द्र सम्शेर राणालाई आफनो निवासमा बोलाएर मध्यरात पौने १ बजेसम्म भेटवार्ता गरेका थिए ।

त्यसको केही दिन अगाडी मात्रै पनि उनी आफै संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साथ लिएर प्रधानन्याधिस राणासँग उनकै निवास मा पुगेर समेत छलफल गरेको घटना सार्वजनिक भईरहेका छन् ।

वालुवाटारको भित्री कम्पाउण्ड भित्रै रहेको भित्री बाटोबाट दुई मिनेटमै पुग्ने प्रधानन्यायधिस निवासमै ओलीले नेम्वाङ लाई साथ लिएर गएपछि नै सर्वाेच्चले संक्रमणकालिन न्याय सम्वन्धी यस अघिको नजिर पूनरावलाकेन गर्न जरुरी नभएको आदेश जारी गरेको थियो । यो आदेश अदालतमा विचाराधिन द्वन्द्वकालीन केही फौजदारी  र संक्रमणकालिन न्यायसम्वन्धी मुद्दा प्रभावित गर्ने गरी आएको थियो ।

अदालतको पछिल्लो फैसल्ला पछि फेरि ओलीले प्रधानन्यायधिस राणालाई पून वालुवाटारनै बोलाई राती पौने १ बजेसम्म छलफल गरेको स्रोत बताउँछ । उनले शुत्रवार राती अर्काे सम्वैधानिक अंग अख्तियार प्रमुख नविन घिमिरेलाई पनि साढे ९ बजेतिर बो लाएर राणालाई जसैगरी मध्यरात १२ बजेसम्म वालुवाटारमा भेटघाट गरेका थिए ।

घिमिरेसाग प्रधानमन्त्री ओलीले यस अगाडी ओली निकट नेता गोकुल वास्कोटा ७० करोड घुसकाण्डमा विवादमा परेर अख्तियारमा मुद्दा परेपछि वालुवाटार बोलाएर छलफल गरेका थिए ।

त्यसपछि उनले शुक्रवार राती फेरि भेट भएको हो । हिजोको यो भेटलाई निक्कै अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्रीकै सल्लाहकारले नेकपाकै नेताहरुका विरुद्द अख्तियारमा मुद्दा रहेको र त्यो मुद्दाको फाइल खोलिने बताईरहेका बेला मध्यरातमा अख्तियार प्रमुखहरुलाई बोलाएर प्रधानमन्त्रीले भेट गर्नु अर्थपूर्ण रहेको विश्लेषण राजनीतिक वृत्तमा भईरहेको छ ।

ओलीले अहिले आफनै पार्टीका नेतालाई सकभर फकाउने, नभए अख्तियार र अदालत देखाएर तर्साउने नीति अनुसार कतै यी भेटघाट त भएका छैनन ? भन्ने आशंका जन्माईदिएको छ । भेट हुने समय, भेटमा भएका छलफलका विषय सार्वजनिक नगरिएबाट पनि यो आशंका गर्न बल पुगेको नेकपाका नेताहरु नै बताउाछन् ।

ओलीको पार्टी नेताहरु तर्साउने यो रणनीति कति सफल होला ? आउने दिनका राजनीतिक घटनाक्रमले पुष्टि गदै जानेनै छ ।