काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नलाग्ने सांसदहरुलाई धम्की आएको खुलासा भएको छ ।
प्रधानमन्त्री ओली पक्षले चलाइरहेको हस्ताक्षर अभियानमा सामेल नहुने सांसदहरुलाई बालुवाटारबाटै धम्क्याएको खुलासा भएको हो । राष्ट्रियसभा सदस्य शारदा भट्टलाई प्रधानमन्त्री ओलीको आफूलाई भित्रिया बताउने गौरी ओलीले यस्तो धम्की दिएकी हुन् ।
गौरीले ‘प्रधानमन्त्रीलाई भोलि निकाल्दै छन् यस्तो बेला बहानावाजी नगर्नुस् बालुवाटार तुरुन्त आएर हस्ताक्षर गर्नुस्’ भनेपछि भट्टले आफू यस्तो खेलमा नलाग्ने जवाफ दिएकी थिइन् । भट्ट नेकपाकी सांसद मात्र नभएर कैलालीकी पुरानो कार्यकर्ता समेत हुन् । उनी शुक्रबार एक कार्यक्रममा भइरहेका बेला यस्तो धम्कीयुक्त फोन आएको थियो ।
यता गौरीले भने सरकार अप्ठ्यारोमा परेको बेला प्रधानमन्त्रीलाई सहयोग गर्न भट्टलाई आफूले अनुरोध मात्र गरेको दावी गरिन् । दुई दिनअघिमात्रै उपाध्यक्ष बामदेव गौतम पत्नी तुलसा थापाले पनि प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०७७, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा