नेकपा अध्यक्ष प्रचण्डलाई गालीगलौज गरेको आरोपमा पत्रकार पाठक पक्राउ

विहीबार, १८ बैशाख २०७७, १० : ०४
नेकपा अध्यक्ष प्रचण्डलाई गालीगलौज गरेको आरोपमा पत्रकार पाठक पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई सामाजिक संजालबाट गालीगलौज गरेको आरोपमा पत्रकार दीपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ । 

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल बारे सामाजिक सञ्जाल फेसबुकमा अभद्र टिप्पणी गरेको भन्दै प्रहरीको साइबर ब्युरोको टोलीले भक्तपुरको लोकन्थलीबाट पाठकलाई पक्राउ गरेको हो ।

प्रेस काउन्सिलको अनुमति लिएर पाठकलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । पाठक मार्गदर्शन साप्ताहिक पत्रिकाका सम्पादक र रेडियो नेपालका बोर्ड सदस्य हुन् । 

प्रतिक्रिया दिनुहोस