काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव प्रस्ताव समेत गरेको एक सचिवालय सदस्यले जानकारी दिए ।
बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए भने तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए ।
तर ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा देखिए । बैठकमा लामो भूमिकासहित आफ्नो बचाउमा उत्रिएका ओलीले आफू प्रधानमन्त्री नहुने भए बामदेव गौतमलाई बनाऔं भन्दै प्रस्ताव गरेका थिए । यस्तै उनले पार्टीमा माधव नेपालको भूमिका उल्लेखनीय रहेको भन्दै माधव नेपाललाई पनि तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए ।
उनको प्रस्ताबारे नेताहरुले खासै टिप्पणी गरेनन् भने यसबारे थप छलफल गर्नेगरी बैठक सकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०७७, २२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी