काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउने तयारी गरेका छन् ।
पार्टीमा बढेको असन्तुष्टिको समाधान गर्न नेकपाका नेताहरुले स्थायी समिति बैठक बोलाउन गरेको मागको वेवास्ता गर्दै प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाउने तयारी थालेका हुन् ।
आज बुधबारका लागि बोलाइएको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको प्रस्ताव आउने भएकाले ओलीले संसदीय दलमा आफ्नो बहुमत जुटाएर संसदीय दलको बैठक बोलाउन प्रस्ताव लैजान खोजेको एक नेताले बताएका छन् ।
प्रतिनिधिसभामा नेकपाका हाल १७४ जना सांसद छन् । जसमा बहुमत सिद्ध गर्न ८८ जना सांसद चहिन्छ । त्यसका लागि उनले आफू निकटका नेताहरुलाई परिचालन गरेर संसदीय दलमा बहुमत सिद्ध गर्नेगरी सांसदहरुको हस्ताक्षर अभियान चलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमै बोलाएर सांसदहरुलाई हस्ताक्षर गर्न लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी