माधव नेपालसँग ओलीका तीन प्रस्ताव : प्रदेश मुख्यमन्त्री हेरफेर देखि सचिवालय हेरफेर सम्म

तर नेपाल निकट स्थायी समिति सदस्यले भने , अब  ओलीको ललिपपमा फसेर हुँदैन

सफल खबर संवाददाता

सोमबार, १५ बैशाख २०७७, ०८ : ५४
माधव नेपालसँग ओलीका तीन प्रस्ताव : प्रदेश मुख्यमन्त्री हेरफेर देखि सचिवालय हेरफेर सम्म

काठमाडौं । पार्टीभित्रै चौतर्फी अप्ठायारोमा परेपछि प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधव नेपाललाई फकाउन अनेक जुक्ति निकालिरहेका छन् । उनले आफना विश्वासप्राप्त प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल मार्फत नेपाल समक्ष मिलेर जानका लागि अनेक विकल्प अगाडी सारेका छन् ।

नेता नेपालले विगतमा उठाउदै आएको अध्यक्ष वाहेकका पदमा एक ब्यक्ति एक पदको कार्यान्वयन गरेर जान समेत आफु तयार रहेको भन्दै नेपालको मागका आधारमा आफु जुनकुनै कदम चाल्न तयार रहेको तर त्यसको वदलमा मिलेर जानुपर्ने प्रस्ताव ओलीको छ । आउने दिनमा पार्टीको विधि र पद्धती अनुसार नै काम गर्न तयार रहेको प्रतिवद्धता सहित उनले नेपाल फकाउन आफु निकट नेताहरुलाई नेपाल निवास कोटेश्वर पठाईरहेका छन् ।

यस्ता छन् ओलीका तीन प्रस्ताव
प्रस्ताव नम्वर १ : प्रदेशका मुख्यमन्त्रीहरुसम्मको हेरफेर

केन्द्रमा आफनो सरकार धारासायी हुने र आफुले पद गुमाउनु पर्ने अवस्था देखेपछि ओलीले नेपाललाई पठाएको पहिलो प्रस्तावमा प्रदेश सरकारमा मुख्यमन्त्री हेरफेरेको प्रस्ताव छ । अहिले नेकपाले सरकार सञ्चालन गरिरहेको ६ ओटा प्रदेश मध्ये कर्णाली र सुदुरपश्चिममा ततकालिन माओवादी निकट नेताहरुले सरकार प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सञ्चालन गरिरहेका छन् । प्रदेश १, वाग्मति, गण्डकी र प्रदेश ५ मा ओली निकट नेताहरुले मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

विगतमा सहज ब्यवस्थापन सोचेका भए ओलीले प्रदेश १ र वाग्मति प्रदृेशमा मुख्यमन्त्री नेपाल निकट नेताहरुले पाउने थिए । जो अहिलेका मुख्यमन्त्री भन्दा पार्टीमा सिनियर र पाका नेता पनि थिए । प्रदेश १ मा स्थायी समिति सदस्य भीम आचार्य र वाग्मति प्रदेशमा अष्टलक्ष्मी शाक्य स्वतः मुख्यमन्त्रीको हकदार थिए । तर ओलीले नेपाल पक्षलाई पेल्ने रणनीति लिएपछि दुवैमा ओली पक्षका नेताहरुले मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

अझ वाग्मिति प्रदेशमा नेतृ अष्टलक्ष्मी शाक्यलाई सिध्याउने रणनीतिमा ओलीले शक्ति र सत्ता दुवैको प्रयोग समेत गरेका थिए । अहिले ओली ति विषयमा विगतमा भएको कमजोरी सञ्चाएर नेपाल पक्षिय नेताहरुलाई जिम्मेवारी दिन तयार रहेको पहिलो सन्देश ओलीले कोटेश्वर पु¥याएका छन् ।

प्रस्ताव नम्वर २ : मन्त्रिमण्डल हेरफेर
प्रधानमन्त्री केपी ओलीले संघीय सरकारकै मन्त्रीमण्डल पूर्ण रुपमा हेरफेर गर्न तयार रहेको सन्देश पनि नेपालकाहा ओलीले पु¥याएका छन् । सरकारमा समान सहभागिताको प्रश्न उनले तत्कालिन एमाले धारमा उठाउदै आएका थिए । तर ओलीले नेपाल निकट नेताहरुलाई त्यस्तो अबसर दिएका थिएनन । अत्यन्त विवादमा आउपछि मात्र उनले नेपाल निकट केही नेताहरुलाई पनि समेटेर क्याबिनेट बनाएका थिए ।

अहिले सरकारमा नेपाल निकटका नेताहरु पर्यटनमा योगेश भट्टराई, कृर्षिमा घनश्याम भुषाल, मात्र छन् । अब वरावरीका आधारमा प्रतिनिधित्व गर्ने गरी मन्त्रिमण्डल पूर्ण रुपमा हेरफेर गर्न आफु तयार रहेको सन्देश नेपाल कहाँ उनले पु¥याएका छन् ।

प्रस्ताव नम्वर ३ : आफनो सचिवालय सम्म फेर्ने
प्रधानमन्त्री ओलीको सचिवालय पार्टी नेताहरुका लागि मैत्रीपूर्ण नभएको, सचिवालयमा नेताहरु अनेक हत्कन्डामा लागेर पार्टी र पार्टी नेताहरुलाई प्रधानमन्त्रीबाट दुरी बढाउन मात्र लागिपरेको र प्रधानमन्त्रीको सचिवालयमा रहेर उनी निकटका नेताहरुले सत्ता र शक्तिको दुरुपयोग मात्र गरिरहेको आरोप पनि लागेको छ ।

ओली आफ्नै सचिवालयका सदस्यहरु हेरफेर गर्न पनि तयार रहेको सन्देश उनले नेपाल कहाँ पु¥याएका छन् । ओलीले आफना विश्वासप्राप्त नेता शंकर पोखरेलमार्फत पहिलो विकल्पका रुपमा यी माथी उल्लेखित तीन प्रस्ताव एकै पटक गर्ने गरी प्रस्ताव गरेका हुन् ।

विकल्प १ को माथी उल्लेखित तीन ओटै प्रस्तावमा पनि नेपाल सहमत नभए दोश्रो विकल्प पनि ओलीले अगाडी सारेका छन् । उनले दोश्रो विकल्पका रुपमा भने पार्टी अध्यक्ष पद छोडन तयार रहेको सन्देश पठाएका हुन् ।

शनिवार उनले नेपालसँगको छलफलका क्रममा यस्तो प्रस्ताव अगाडी सारेका हुन । ‘तपाईलाई पावर सेयरिङकै कुरा छ भने म अध्यक्ष पद पनि त्याग्न तयार छु, प्रधानमन्त्री म चलाउछु, अध्यक्ष तपाई बन्नुहोस्,’ ओलीले नेपालसमक्ष प्रस्ताव राखेका थिए । नेपाल पनि ओलीको यस्तो प्रस्तावमा सकारातमक देखिएका थिए ।

तर ओलीको बानी नै तत्कालको संकट टार्ने र फेरि पूरानै प्रवृत्तिमा रमाईरहने नेता भएकोले अव ओलीको ललीपपमा भूल्न नहुनेमा नेपाललाई उनी निकटका स्थायी समिति सदस्यहरुले दवाब बढाएका छन् ।

नेपाल ओलीको प्रस्तावमा सहमत हुदा नेपाल निकटकै नेताहरुको साथ उनीबाट छुटने उनले देखेका छन् । आइतबार उनले आफु निकट स्थायी समिति सदस्यहरुसँग छलफल गरेका थिए । त्यहा उनले आफुले मात्र शुरुमा छलफल गर्न चाहेका थिए ।

तर स्थायी समिति सदस्यहरुले अब भूलभूलैया सहैय नहुने, ललिपपमा फस्न नहुने भन्दै नेताहरुले छलफलमा अध्यक्ष प्रचण्डलाई पनि बोलाउन नेपालसँग भनेका थिए । त्यसपछि नेपालले आफु निकट नेताहरुको छलफलमा प्रचण्डलाई पनि बोलाएका थिए ।

उक्त छलफलमा अब पार्टी वैठक बोलाउनु पर्ने र वैठकमै सबै विषयको छलफल गरी ओलीका हैकमवादी शैलीका विषयमा पनि एउटा निर्णयमा पुग्नुपर्ने निश्र्कष निकालेको एक स्थायी समिति सदस्यले बताए । नेपाल निकट स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पनि वैठक बोलाउन नेताहरुलाई प्रेसर दिन छलफल हरु भईरहेको बताए । वैठकबाटै सबै  विषयमा छलफल हुने उनले बताए ।