काठमाडाैँ । समाजवादी र राजपाका अधिकांश शीर्ष नेताको एउटै स्वर छ, ‘वैकल्पिक शक्ति निर्माण गर्ने । वैचारिक हिसाबले समाजवादउन्मुख वैकल्पिक शक्ति भनिए पनि धरातलीय यथार्थ अर्कै छ । उनीहरू सबैको आँखा साढे दुई वर्षपछि हुने आमनिर्वाचनतिर खिचिएको छ । एउटै दल निर्माण गरेमा आगामी निर्वाचनमा नेकपा र कांग्रेस एक्लैले बहुमत ल्याउन नसक्ने दाबी उनीहरूको छ ।
त्रिशंकु संसद् बनेमा सत्ताको साँचो आफूहरूको हातमा हुने उनीहरूको ध्येय देखिन्छ । यस्तो अवस्थामा सरकार बनाउने र गिराउने निर्णायक शक्ति बन्ने सम्भावनाको ढोका खुल्न सक्छ ।
सरकारमा जाने लक्ष्य राखेर गरिएको एकताले वैकल्पिक शक्ति निर्माण गर्न नसकिने विश्लेषक सुरेन्द्र लाभ बताउँछन् । ‘उही पात्र र प्रवृत्तिले वैकल्पिक शक्ति बनाउन सक्दैन,’ उनी भन्छन्, ‘त्यसका लागि जनतासँग जोडिएको नयाँ नीति, विचार र कार्यक्रमसहितको नेतृत्व चाहिन्छ ।
अहिलेको यो एकताले वैकल्पिक शक्तिकै रूपमा आउला भन्ने आशा गर्ने ठाउँ छैन । दुई दिनअघि राजपा नेता राजेन्द्र महोतोले शक्ति सन्तुलनको हिसाबले पनि नेपालजस्तो देशका लागि त्रिशंकु संसद् चाहिने बताएका थिए । केपी ओली नेतृत्वको सरकारले दुई तिहाइ पाएर पनि स्थिरता दिन नसकेको ठम्याइ उनको थियो ।
०७४ को निर्वाचनपछि मधेसकेन्द्रित दलको भूमिका खुम्चिएको थियो । नेकपा एक्लैको बहुमत भएकाले मधेसकेन्द्रित दलहरूको बार्गेनिङ पावर सकिएको थियो । सत्तारूढ दलले नचाहेको खण्डमा सत्ताबाट साइड लाग्ने अवस्था थियो, छ । समाजवादी र राजपा मिलेको खण्डमा कसैको बहुमत नआउने उनीहरूले ठाने ।कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १५ बैशाख २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा