काठमाडाैँ । समाजवादी र राजपाका अधिकांश शीर्ष नेताको एउटै स्वर छ, ‘वैकल्पिक शक्ति निर्माण गर्ने । वैचारिक हिसाबले समाजवादउन्मुख वैकल्पिक शक्ति भनिए पनि धरातलीय यथार्थ अर्कै छ । उनीहरू सबैको आँखा साढे दुई वर्षपछि हुने आमनिर्वाचनतिर खिचिएको छ । एउटै दल निर्माण गरेमा आगामी निर्वाचनमा नेकपा र कांग्रेस एक्लैले बहुमत ल्याउन नसक्ने दाबी उनीहरूको छ ।
त्रिशंकु संसद् बनेमा सत्ताको साँचो आफूहरूको हातमा हुने उनीहरूको ध्येय देखिन्छ । यस्तो अवस्थामा सरकार बनाउने र गिराउने निर्णायक शक्ति बन्ने सम्भावनाको ढोका खुल्न सक्छ ।
सरकारमा जाने लक्ष्य राखेर गरिएको एकताले वैकल्पिक शक्ति निर्माण गर्न नसकिने विश्लेषक सुरेन्द्र लाभ बताउँछन् । ‘उही पात्र र प्रवृत्तिले वैकल्पिक शक्ति बनाउन सक्दैन,’ उनी भन्छन्, ‘त्यसका लागि जनतासँग जोडिएको नयाँ नीति, विचार र कार्यक्रमसहितको नेतृत्व चाहिन्छ ।
अहिलेको यो एकताले वैकल्पिक शक्तिकै रूपमा आउला भन्ने आशा गर्ने ठाउँ छैन । दुई दिनअघि राजपा नेता राजेन्द्र महोतोले शक्ति सन्तुलनको हिसाबले पनि नेपालजस्तो देशका लागि त्रिशंकु संसद् चाहिने बताएका थिए । केपी ओली नेतृत्वको सरकारले दुई तिहाइ पाएर पनि स्थिरता दिन नसकेको ठम्याइ उनको थियो ।
०७४ को निर्वाचनपछि मधेसकेन्द्रित दलको भूमिका खुम्चिएको थियो । नेकपा एक्लैको बहुमत भएकाले मधेसकेन्द्रित दलहरूको बार्गेनिङ पावर सकिएको थियो । सत्तारूढ दलले नचाहेको खण्डमा सत्ताबाट साइड लाग्ने अवस्था थियो, छ । समाजवादी र राजपा मिलेको खण्डमा कसैको बहुमत नआउने उनीहरूले ठाने ।कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १५ बैशाख २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै