काठमाडौँ । विवादित अध्यादेशका कारण अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक रोक्न खोजेका छन् । स्थायी कमिटी बैठक बसेमा आफूविरुद्ध माहोल खडा हुने र राजीनामा दिनुपर्ने मागसमेत उठ्ने जानकारी नेताहरूले नै दिएपछि ओलीले ‘बैठक नै नबसौं’ भन्ने आग्रह शीर्ष नेताहरूसँग राखेका हुन् ।
केही नेताले लिखित नै माग गरेपछि अध्यक्ष पुष्पकमल दाहाललगायत सचिवालयका बहुमत नेताले स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । त्यसलाई रोक्ने प्रयासस्वरूप प्रधानमन्त्री ओलीले शनिबार दिनभर पार्टी सचिवालयका र आफूनिकट नेताहरूसँग छलफल गरे । उनले शनिबार अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेललाई छुट्टाछुट्टै भेटेर बैठकको आवश्यकता नरहेको भन्दै ‘कन्भिन्स’ गर्न खोजे ।
पार्टी नेताहरूको भावनाअनुसार अध्यादेश फिर्ता लिइसकेको अवस्थामा तत्काल बैठक आवश्यक नरहेको भन्दै ओलीले अन्य नेतालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरे । तर विधानअनुसार बैठक बोलाउने समय भएको र २० जना नेताले लिखित रूपमै माग गरिसकेको अवस्थामा टार्न नसकिने जवाफ नेताहरूले ओलीलाई दिएका छन् । स्थायी कमिटी बैठक बसेमा ओलीविरुद्धका बहुमतभन्दा बढी सदस्यले राजीनामा नै माग्ने तयारी गरेका छन् । बैठक बसे आफूविरुद्धको मोर्चाबन्दी झन् कसिलो हुने ओली पक्षको बुझाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १४ बैशाख २०७७, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली