काठमाडौं । सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीभित्र पकड जमाउन अन्य नेताहरुलाई आ–आफ्नो पक्षमा फकाउन थालेका छन्।
ओलीले माधवकुमार नेपाललाई पटकपटक बालुवाटार बोलाएर घण्टौं कुराकानी गर्न थालेका छन्। दाहालले पनि तीन दिनको बीचमा दुई पटक रामबहादुर थापा र उनी पक्षका नेतालाई खुमलटारस्थित निवासमा बोलाएर बैठक गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मात्र भेटिरहेका छन्। उनले नेपाल पक्षका अन्य नेतालाई भने भेटेका छैनन्।
राजनीतिक दलसम्बन्धी कानुन संशोधन अध्यादेशमा गृहमन्त्रीसमेत रहेका थापाले ओलीलाई साथ दिएपछि दाहाल झस्केका छन्। त्यसैले दाहाल थापालाई फकाउन लागिपरेका हुन्। खुमलटार निकट स्रोतका अनुसार दाहालले थापा र उनको समूहका नेताहरु देव गुरुङ, पम्फा भुसाल, सूर्य सुवेदीलगायतलाई भेटेर आफ्नो धारणा राखेका छन्।
दाहाले मंगलबार बेलुका थापासहित गुरुङ र भुसाललाई बोलाएर भेटेका थिए। उनले बिहीबार भने थापासहित गुरुङ भुसाल र सुवेदीलाई बोलाएर छफफल गरे। छलफलमा दाहालले अबदेखि पार्टी फुटाएर मोहन वैद्य पक्षमा गएको भन्ने दोषारोपण गरी थापा समूहसँग विभेद गरिने छैन भन्दै आत्मालोचना गरेका थिए।
ओलीले केही समयदेखि नेपालको साथ खोज्दै आएका छन्। पार्टीमा दाहालले पेल्न थालेको महसुस गरेपछि ओलीले नेपाललाई फकाउन थालेका हुन्। ‘उहाँहरूलाई खुमलटार बोलाइएको थियो। नेताहरूले खुलेर कुराकानी गर्नुभयो। समस्या आए मिलेर समाधान गर्ने कुरा भयो।
दुवै पक्षबाट गल्ती भएका भए माफी गरौंैंसम्मका कुराकानी आए। अबदेखि पार्टीमा कसैलाई पनि मबाट विभेद गरिने छैन भनेर अध्यक्ष दाहालले भन्नुभयो’, स्रोतले दाहाललाई उद्धृत गर्दै भन्यो। थापाले पनि दाहालसँग खुलेरै कुरा राखेका थिए। ‘तपाईं पटकपटक मलाई गृहमन्त्रीबाट हटाउने खेलमा लाग्नुहुन्छ तर भेट्दा केही भन्नुहुन्न।
मबाट गल्ती भएको भए मलाई नै भन्नुस्। मन्त्रीबाट फिर्ता बोलाउनुस् तर हटाउने भन्दै किन हिँड्नुहुन्छ। यसबाट न तपार्इंको हित हुन्छ न मेरो’, थापालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकारले राम्रो काम गरेको छैन भने सबैलाई हटाउने प्रस्ताव पार्टी बैठकमा लैजानुस् तर सरकारले गरेका कामको विषयमा पार्टीभित्रै छलफल नगरी बाहिर विरोध मात्रै गर्ने तरिका ठिक भएन।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १३ बैशाख २०७७, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री ओली
ओलीको ‘अध्यक्ष मोह’ मा उपाध्यक्षद्वयको ‘काउन्टर’ प्रतिवाद
सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै
सांसदहरूलाई ओलीको निर्देशन-‘संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्’
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन : प्रधानमन्त्री ओली