काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।
भट्टराईले ओली प्रवृत्ति कोरोनाभाइरस भन्दा पनि खतरनाक भएको भन्दै बेलैमा नचिनिए गम्भीर संकट आउनसक्ने चेतावनी दिएका छन् ।
‘कोरोनाभाइरस भन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति बिदा गरौं, नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ !’ भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
केही दिनअघि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर समाजवादी पार्टी फुटाउने प्रयास भएपछि भट्टराईको यो टिप्पणी आएको हो । यद्यपी समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी नेपाल गठन भएपछि यो योजना विफल भएको थियो ।
भट्टराईले ओलीको प्रवृत्तिलाई भष्मासुर, हिटलर, स्टालिन, चाउचेस्कुको संज्ञा समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०७७, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली