काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।
भट्टराईले ओली प्रवृत्ति कोरोनाभाइरस भन्दा पनि खतरनाक भएको भन्दै बेलैमा नचिनिए गम्भीर संकट आउनसक्ने चेतावनी दिएका छन् ।
‘कोरोनाभाइरस भन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति बिदा गरौं, नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ !’ भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
केही दिनअघि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर समाजवादी पार्टी फुटाउने प्रयास भएपछि भट्टराईको यो टिप्पणी आएको हो । यद्यपी समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी नेपाल गठन भएपछि यो योजना विफल भएको थियो ।
भट्टराईले ओलीको प्रवृत्तिलाई भष्मासुर, हिटलर, स्टालिन, चाउचेस्कुको संज्ञा समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०७७, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी