काठमाडौंं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि तरङ्गित बनेको राजनीतिले नयाँ मोड लिएको छ । अध्यादेश ल्याएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै आश्चर्यचकित पार्दै वर्षौंदेखि मिल्न नसकेका मधेस केन्द्रित प्रभावशाली दुई दलबीच रातारात एकीकरण भएको छ ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच बुधबार राति एकीकरण भएसँगै बिहीबार निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । समाजवादी पार्टी विभाजन भएर बन्ने नयाँ दललाई सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्री ओलीले गर्नुभएको थियो । तर, पार्टी विभाजनबाट जोगाउनका लागि दुई पार्टीका शीर्ष नेताहरूले पार्टी एकीकरण गरेर सम्भावित विभाजनबाट जोगाएका छन् ।
अध्यादेशपछि तरङ्गित बनेको राजनीति दुई पार्टीको एकताले अध्यादेश विवाद केही मत्थर भएको छ । समाजवादी पार्टीका असन्तुष्ट सात सांसदले पार्टी विभाजन गर्ने तयारी गरेपछि दुई पार्टीबीच हतारमा एकताको सहमति गरिएको हो ।
सरकारले यही वैशाख ८ गते राजनीतिक दल विभाजनका लागि खुकुलो हुने गरी अध्यादेश ल्याएपछि यी दुई पार्टीलाई आफ्ना सांसद्हरू ४० प्रतिशत संख्या लिएर बाहिरिने तयारी गरेका थिए । यी दलबीच एकताका लागि वार्ता भने लामो समयदेखि चल्दै आएको थियो । दुई पार्टी मिलेर एकीकृत पार्टीको नाम ‘जनता समाजवादी राखिएको छ । पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयताकारमा रातो र हरियो रङ्गको बीचमा तारा हुने सहमति गरिएको छ । चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ बैशाख २०७७, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा