काठमाडौं । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नफुट्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री समेत रहेका उनले बुधबार संघीय सांसदहरुलाई बालुवाटारमा बोेलाएर प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाईसमेत सँगै राखेर छलफल गरेका हुन् ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले दुई दिनअघि सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेशपछि विभिन्न क्रिया प्रतिक्रिया आएको भन्दै अध्यादेश र सरकारका कामकारवाहीबाट नेकपा कमजोर हुने नभइ थप बलियो बन्दै जाने बताएका हुन् ।
सरकारले यी दुई अध्यादेश ल्याएपछि नेकपाभित्रै यसको विरोध हुनुका साथै पार्टी फुट्ने हो कि भनेर आशंका समेत पैदा भएको थियो । तर सांसदहरुको छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यादेशकै कारण नेकपा नफुट्ने भन्दै सम्झाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली