काठमाडौं । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नफुट्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री समेत रहेका उनले बुधबार संघीय सांसदहरुलाई बालुवाटारमा बोेलाएर प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाईसमेत सँगै राखेर छलफल गरेका हुन् ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले दुई दिनअघि सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेशपछि विभिन्न क्रिया प्रतिक्रिया आएको भन्दै अध्यादेश र सरकारका कामकारवाहीबाट नेकपा कमजोर हुने नभइ थप बलियो बन्दै जाने बताएका हुन् ।
सरकारले यी दुई अध्यादेश ल्याएपछि नेकपाभित्रै यसको विरोध हुनुका साथै पार्टी फुट्ने हो कि भनेर आशंका समेत पैदा भएको थियो । तर सांसदहरुको छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यादेशकै कारण नेकपा नफुट्ने भन्दै सम्झाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी