काठमाडौँ । मुलुक संकटमा परिरहेका बेला बहसको विषय नै मोडिने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले हतारहतार अध्यादेश ल्याएपछि नेकपामा उकुसमुकस भएको छ । ओलीको यो कदमले विशेष गरी पूर्वमाओवादी समूह र पूर्वएमालेभित्र पनि माधव नेपाल समूह बढी झस्किएका छन् ।
प्रधानमन्त्री ओलीले यही बेला पार्टी फुटाउन सकिने अध्यादेश जारी गर्नुको अन्तर्य के हो भन्ने चित्तबुझ्दो कारण थाहा पाउन नसकेपछि दोस्रो तहका नेताहरू मंगलबार आन्तरिक छलफलमा जुटे । ओली, दाहाल र नेपाल पक्षीय नेताहरूले दिनभर आआफ्नो समूहमा छलफल र अबको यात्रा कस्तो हुने भन्नेबारेमा कुराकानी गरेका थिए ।
‘अहिले हामी आन्तरिक छलफलमै छौं,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘सबैभन्दा पहिले त पार्टी कसरी जोगाउने भन्ने नै हो, त्यसपछि बैठक बसेर निर्णय गर्छाैं ।’ उनले आफूहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोनमा र अरू केन्द्रीय नेताहरू कोहीसँग भेटेर कसैसँग फोनमै सम्पर्क गरेर समस्याको हल खोज्नेबारे कुराकानी भएको बताए । उनले प्रधानमन्त्री ओलीले पार्टी फुटाइसकेको उल्लेख गर्दै अहिले आफूहरूको ध्यान कसरी एकताबद्ध भएर जाने भन्नेमै केन्द्रित रहेको जनाए ।
‘अध्यक्ष दाहालले पनि समस्या कसरी समाधान गर्ने हो, पार्टी विधि, पद्धतिमा कसरी चलाउने भन्नेमै छलफल केन्द्रित गरौं भन्नुभएको छ,’ गजुरेलले कान्तिपुरसँग भने, ‘छिट्टै स्थायी कमिटी बैठक बोलाउनुपर्छ भन्ने हाम्रो माग हो ।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० बैशाख २०७७, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ