चितवनका मस्जिदमा पाकिस्तानी र भारतीय मुस्लिम रहेको खुलासा (अपडेट )

व्यवस्थित क्वारेन्टाईनमा राख्ने प्रयास गर्दै चितवन प्रशासन

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०७७, १५ : ३९
चितवनका मस्जिदमा पाकिस्तानी र भारतीय मुस्लिम रहेको खुलासा (अपडेट )

फाइल फोटो

- प्रकाश सिग्देल
चितवन । चितवनको विभिन्न मदरसा र मस्जिदमा बसेका मुस्लिम धर्मावलम्बिहरुलाई चितवन प्रशासनले क्वारेन्टाईनमा राख्न थालेकाे छ । 

भरतपुर महानगर १६ शरणपुर भनझनेमा रहेको अलि मिया व्यल फियर ट्ष्ट अन्चर्गत सञ्चालित मस्जिद मदरसामा क्वारन्टाईनमा राख्ने गरी ५४ जना लाई चितवन प्रहरीको गाडीमा राखि सो स्थानमा पुर्याईएको भएपनि स्थानियले अवराेध गरेपछि याेजना सफल हुन नसकेको बताईएकाे छ ।

भरतपुर महानगर २ र ३, माडी नगरपालिका र पुर्वी चितवनका मस्जिदमा रहेका पाकिस्तानी, भारतिय र नेपाली मुस्लिमहरुलाई  क्वारेन्टाईनमा राख्नका लालि लगिएको भएपनि स्थानियले कुरा नबुझ्दा समस्या भएकाे चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनु भयो । 

उनिहलाई बाहिर हिड्न नपाउने गरी खानपान र सुरक्षाको व्यवस्थासहित पुरा क्वारेन्टाईन अवधिभर राराख्ने याेजना प्रशासनले बनाएकाे छ । उनिहरु मध्ये केहीको कोरोना परिक्षण नेगेटिभ आएको र केहीको हुँदै गरेको शर्मा बताउनु हुन्छ । मस्जिदमा बसेकाहरुबाट संक्रमणको जोखिम हुने सम्भावना नहाेस भनेर  ब्यवस्थित क्वारेन्टाईनमा राख्न लागिएको भएपनि स्थानीय ले साथ नदिएपछि समस्या आएको बताईएकाे छ ।

प्रतिक्रिया दिनुहोस