काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिनुभएको छ ।
आज ट्वीट गर्दै उहाँले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिनुभएको हो ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिनको उपचारपश्चात् पूर्ण स्वस्थ भई काठमाडौँकी १९ वर्षीया युवती आज घर फर्किएकी हुन् । उनीभन्दा अगाडि एकजना पूर्ण स्वस्थ भई उपचारपश्चात् घर फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ बैशाख २०७७, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’