काठमाडौं । सर्वोच्च अदालतले अस्थायी बासस्थान वा कार्यक्षेत्रबाट घर फर्किन चाहेका नागरिकलाई अबिलम्ब सुरक्षित रुपमा घर फर्काउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । शुक्रबार विभिन्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वोच्चले राजमार्गमा कठीन अवस्थामा हिँडिरहेका नागरिकलाई तत्काल उद्दार गरी गन्तव्यमा पुर्याउन आदेश दिएको हो ।
तर आदेशको केही घण्टामै प्रधानमनत्री केपी शर्मा ओलीले भने मजदुर जो जहाँ छन् त्यहीँ रोक्न भन्दै निर्देशन दिएका छन् ।
काम गरेको ठाउँमा भोकै बस्न नसकेर घर हिँडेका मजदूरलाई प्रधानमन्त्रीले हिँडेर पनि यात्रा गर्न नदिन निर्देशन दिएका हुन् । उच्चस्तरीय समन्वय समितिमा रहेका सदस्य मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखसहितको शुक्रबारको बैठकमा उनले लकडाउन अझै कडा पार्न निर्देशन दिएका हु्न् । कान्तिपुर दैनिकमा विस्तृतमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०६ बैशाख २०७७, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली