काठमाडौं । सर्वोच्च अदालतले अस्थायी बासस्थान वा कार्यक्षेत्रबाट घर फर्किन चाहेका नागरिकलाई अबिलम्ब सुरक्षित रुपमा घर फर्काउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । शुक्रबार विभिन्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वोच्चले राजमार्गमा कठीन अवस्थामा हिँडिरहेका नागरिकलाई तत्काल उद्दार गरी गन्तव्यमा पुर्याउन आदेश दिएको हो ।
तर आदेशको केही घण्टामै प्रधानमनत्री केपी शर्मा ओलीले भने मजदुर जो जहाँ छन् त्यहीँ रोक्न भन्दै निर्देशन दिएका छन् ।
काम गरेको ठाउँमा भोकै बस्न नसकेर घर हिँडेका मजदूरलाई प्रधानमन्त्रीले हिँडेर पनि यात्रा गर्न नदिन निर्देशन दिएका हुन् । उच्चस्तरीय समन्वय समितिमा रहेका सदस्य मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखसहितको शुक्रबारको बैठकमा उनले लकडाउन अझै कडा पार्न निर्देशन दिएका हु्न् । कान्तिपुर दैनिकमा विस्तृतमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०६ बैशाख २०७७, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी