काठमाडौं । विद्युत्का पूर्ण सुचालक र अर्ध सुचालक वस्तु चट्याङका मुख्य आकर्षण हुन् । धातु, हरियो रूख पूर्ण सुचालक हुन् । मानिस भने अर्ध सुचालक हो ।
त्यसैले मानिस रूख, धातुका अग्ला टावर र घर जस्ता विद्युतीय सुचालकको नजिक नबस्न मौसमविद् मीनकुमार अर्यालको सुझाव छ । विद्युत् प्रवाह बन्द गर्नुपर्छ । गाडीमा सवार छन् भने गाडीभित्रै सुरक्षित हुन्छ ।
घरमा अर्थिङ अर्थात् लाइटनिङ रड राखेर सुरक्षित रहन सकिन्छ । सकभर त्यस्तो बेलामा घरबाहिर ननिस्कने र घर भित्रैका बिजुलीका सुचालक वस्तु बन्द गर्न महाशाखाले सुझाएको छ ।
अन्य सावधानीमा पहाडी भेगमा रहँदा सतर्क रहने, घर बाहिर भए दुई कुहिनाले टाउको छोपेर टुक्रुक्क बस्नुपर्छ । मानिसको टाउको र खुट्टाबाट चट्याङको बिजुली पार हुनेगर्छ । चट्याङ लागेमा तत्काल चिकित्सक बोलाएर उपचार गर्नुपर्छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
मकवानपुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, ७ जना घाइते
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु
रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु
चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु