जुम्ला । जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । बुधबार साँझ चट्याङ लागेर हिमा गाउँपालिका– २ का १९ वर्षीय रवीन्द्र रावतको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय छोटा खर्क पाटनमा बुधबार साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन् । घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चट्याङमा परी केही भेडाबाख्रा मरेको भए पनि सङ्ख्या भने यकिन नभएकाले त्यसबारे अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको जनाइएको छ ।
त्यस्तै चन्दननाथ नगरपालिका–१० बोहरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा पनि हिजै परेको चट्याङमा परी १२ वटा खसी र बाख्रा मरेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असार २०८३, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु