Safal Khabar - १ अर्ब बढीको रोजगार खतरामा पार्दैछ लकडाउनले
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
१ अर्ब बढीको रोजगार खतरामा पार्दैछ लकडाउनले
बुधबार, २६ चैत २०७६, १२ : ३८
१ अर्ब बढीको रोजगार खतरामा पार्दैछ लकडाउनले

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले संसारका धेरैजसो देश लकडाउनका स्थितीमा छ ।

लकडाउन अर्थात् बन्दाबन्दी । यतिबेला संसारभरीका करिब ३ सय करोड जनता घरभित्र बन्द छन् । कतिले यो समयलाई मौकाको रुपमा हेरेका होलान् तर कतिका लागि भने यो समय दुर्दशा झैं बनेको पनि छ किनभने धेरैको रोजीरोटी गुम्ने खतरामा छ ।

जेनेभास्थित अन्तर्राष्ट्रिय लेबर अर्गनाइजेशनले कोरोनाभाइरस फैलिएका कारण जुन लकडाउनको स्थिती छ त्यसले एक अर्बबढी मानिसहरुको रोजगारी खतरामा भएको जानकारी दिएको छ ।

Yeti Diistillery

यो लकडाउनले थुप्रैको तलब पनि काटिने खतरा सृजना भएको उक्त संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस