काठमाडौं । विश्वव्यापी रुपमा कोरोनाको महामारी फैलिएसंगै त्यसलाई रोक्न भन्दै नेपाललाइ विश्व बैंकले २ करोड ९० लाख डलर (करिब ३ अर्ब ४८ करोड रूपैयाँ) सहुलियत ऋण सहयोग गर्ने भएको छ ।
मंगलबार अर्थ मन्त्रालयमा यो सहायता प्रदान गर्ने सम्बन्धमा दुईपक्षीय सम्झौता गरिएको हो । सम्झौतामा अर्थसचिव शिशिर ढुंगाना र नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हदाद जेर्बोसले हस्ताक्षर गरेका हुन् ।
कोरोना भाइरस आपतकालीन पूर्वतयारी योजनाअन्तर्गत यो रकम उपलब्ध गराउने विश्व बैंकले जनाएको छ । यस परियोजनाअन्तर्गत प्राप्त रकम कोरोना भाइरसविरुद्ध नेपालको क्षमता अभिवृद्धिमा खर्च गरिने जनाइएको छ ।
अर्थसचिव ढुंगानाले देशभर आकस्मिक स्वास्थ्य क्षमता र पूर्वाधार बढाउनसमेत यो रकम प्रयोग गरिने बताएका छन् । विश्व बैंकले आफ्ना सदस्य राष्ट्रहरूमा १ खर्ब ६० अर्ब डलर सहायता प्रदान गर्ने जनाएको छ ।
दक्षिण एसियाली राष्ट्रहरूमा तत्कालका लागि नेपाललाई न्यून रकम उपलब्ध गराएको विश्व बैंकले भारतलाई १ अर्ब डलर सहायता प्रदान गरेको छ । कोरोनाको महामारीसंग लड्न र रोकथाममा यो रकम खर्चिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता
विश्व बैंकको अनुमान : यो वर्ष नेपालको आर्थिक वृद्धि मात्र २.१ प्रतिशत
नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
दक्षिण एसियाका लागि विश्व बैंक उपाध्यक्षमा जोहान्स जुट नियुक्त
विश्व बैंकले नेपाललाई ३५ अर्ब भन्दा बढी ऋण दिने
‘लाओसमा बढ्दो मुद्रास्फीतिले रोजगारी र जीवनस्तरमा गम्भीर असर’: विश्व बैंक