ललितपुर । झुठो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरी सुरुङ्गा नगरपालिका-६ महोलिया घर भई हाल ललितपुर महानगरपालिका-३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारयण चौधरी, सोही नगरपालिका घर भएका ३० वर्षीय जितेन्द्र प्रसाद चौधरी र सोही नगरपालिका-५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् ।
शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकोले काज किरीया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठो बिबरण पेश गरी चैत २४ र २५ गतेसम्मको लागि ३-०८-००५ ख ९१९८ नम्बर बसको पास लिएका थिए । उक्त बसमा अन्य ३० जना यात्रुहरु समेत बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ