काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायत आफ्नै पार्टीका कतिपय नेताहरुले समेत कोरोना महाव्याधीसँग जुध्ने बेला प्रधानमन्त्री हराएको र मौन रहेको भन्दै आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्वोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले अहिले बिहान ११ बजे सम्वोधन गर्ने समय तय भएको बालुवाटार श्रोतले जनाएको छ ।
उनलाई सम्बोधनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सन्देश छोडेकी थिइन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति र सीसीएमसी गरी दुई छुट्टाछुट्टै समिति बनाएको थियो । त्यही समितिले केही कार्यक्रम बनाएपनि प्रधानमन्त्री भने संकटका बेला राष्ट्रिय एकताको आह्रवान नगरी बालुवाटारभित्रै हराईरहेको आरोप लाग्दै आएको थियो ।
यही बीच प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत औषधी, उपकरण तथा स्वास्थ्य सामाग्री खरिद प्रकरणमा आर्थिक अनियमितताको आरोप लागेको छ । खरिद प्रकरण शुरुमा विवादास्पद कम्पनी ओम्नीलाई जिम्मा दिएर सरकारले एक चरणको स्वास्थ्य सामग्री नेपाल भित्राएपछि सम्झौता समेत रद्द गरेको छ ।
यो प्रकरणमा प्रधानमन्त्री ओली सम्मलाई उनकै निकट नेताहरुले गुमराहमा राखेको आरोप पनि लागेको छ । त्यसपछि स्वास्थ्य सामग्री खरिदको जिम्मा सरकारले नेपाली सेनाको हातमा सुम्पेपछि नागरिक प्रशासनलाई कमजोर बनाउने काममा सरकार लागिपरेको भन्दै चर्काे आलोचना पनि भएको छ ।
यही बीच पार्टी सचिवालय सदस्यहरुले पार्टी बैठक बोलाउन पनि माग गरिरहेका थिए । संसदको हिउँदे अधिवेशन प्रतिपक्षी काँग्रेससँग समन्वय नै नगरी स्थगित गरेको आरोप पनि सरकारलाई लागेको छ । यही सेरोफेरोमा केन्द्रीत रहेर प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् । सम्भवतः उनले पार्टी बैठक अगाडी देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।
कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले अहिलेसम्म गरिरहेको तयारीमा प्रधानमन्त्री ओलीको सम्बोधन केन्द्रीत हुनेछ । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफुले देशवासीलाई सम्वोधन गर्ने तयारी गरेको जानकारी गराएका थिए । यस अगाडी पनि उनले एकपटक देशबासीलाई कोरोना भाइरसको संकटका बारेमा सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
एघारौँ विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह
संसद अवरोध अन्त्यमा नेतृत्व गर्न किन चुक्दैछन् प्रधानमन्त्री ओली ?