भोली नेकपा सचिवालय बैठक बस्ने

सोमबार, २४ चैत्र २०७६, १७ : ५४
भोली नेकपा सचिवालय बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । 

मंगलबार ४ बजेका लागि बैठक बोलाइएको सचिवालय स्रोतले जानकारी दिएको छ । 

गत चैत ५ गते बसेको नेकपा सचिवालय बैठक त्यसयता बस्न सकेको थिएन । बैठक बोलाउन ढिला भएको भन्दै नेताहरुले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालप्रचण्डलाई दवाव दिदै आएका थिए । 

पछिल्लो समय स्वास्थ्यसामग्री खरिद लगायतका विषयमा सरकारले पार्टीमा कुनै छलफल नगरेको भन्दै नेताहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।