रामेछाप । गोकुलगंगा गाउँपालिका-६ बस्ने विशाल तामाङलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा ईलाम नगरपालिका-८ बस्ने ३३ वर्षीय जयराम लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लिखुतामाकोशी गाउँपालिका-६ खिम्तिस्थित तामाकोशी जन-जाग्रिति माविको कम्पाउण्ड लगाउने क्रममा सामान्य विवादमा लिम्बुले तामाङलाई दाउ प्रहार गर्दा घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी खिम्तिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते तामाङलाई खिम्ति मेडिकल हुँदै थप उपचारको लागि मन्थलीतर्फ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ चैत्र २०७६, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ