रामेछाप । गोकुलगंगा गाउँपालिका-६ बस्ने विशाल तामाङलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा ईलाम नगरपालिका-८ बस्ने ३३ वर्षीय जयराम लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लिखुतामाकोशी गाउँपालिका-६ खिम्तिस्थित तामाकोशी जन-जाग्रिति माविको कम्पाउण्ड लगाउने क्रममा सामान्य विवादमा लिम्बुले तामाङलाई दाउ प्रहार गर्दा घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी खिम्तिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते तामाङलाई खिम्ति मेडिकल हुँदै थप उपचारको लागि मन्थलीतर्फ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ चैत्र २०७६, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ
डीएसपी मधु नेपाल पक्राउ