काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले आज दिउँसो ४ बजे आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएको एक मन्त्रीले बताए । दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले जारी लकडाउनको समय थप गर्ने तयारी गरेको छ ।
गत चैत ११ गते बाट लकडाउन गर्दै आएको सरकारले बीचमा १८ चैतमा ८ दिन थप गरेर २५ चैतको मध्यरातसम्मलाई लकडाउनको घोषणा गरेको थियो । कोरोना महामारीसँग जुध्न र यसलाई नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन गरेको हो ।
नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ । ८ जना विदशेबाट नेपाल (स्वदेश) फर्केकाहरुमा कोरोनाको संक्रमण देखिएको थियो भने कैलालीमा थप १ जनामा भने विदशेबाट फर्केकाको आफन्त (परिवार) मा पनि कोरोना संक्रमण देखिएको थियो ।
विदेशबाट आएका संक्रमितबाट परिवारमा कोरोना संक्रमण सरेपछि यसलाई नेपालले दोश्रो चरणमा नेपालमा कोरोना संक्रमण प्रवेश गरेको प्रतिक्रिया दिएको थियो । यसका लागि सुदुरपश्चिमका कैलाली र कञ्चनपुर र गण्डकी प्रदेशका वाग्लुङमा सरकारले अधिक मान्छेमा कोरानो संक्रमण परिक्षण गर्ने गरी आइतबारबाटै ¥यापिड किटमार्फत परिक्षण शुरु गर्ने तयारी थालिसकेको छ ।
सुदुरपश्चिम प्रदेश सरकारले आइतबार नै केन्द्र सरकारलाई लकडाउनको अवधी थप गर्न प्रस्ताव सिफारिस गरेको थियो । शनिबार मात्रै पनि मन्त्रिपरिषद् बैठक बसेर सरकारले लकडाउनलाई झन कडाई गर्नका लागि एउटा प्रदेशवाट अर्काे प्रदेश, एउटा जिल्लावाट अर्काे जिल्ला र एउटा स्थानिय तहबाट अर्काे स्थानिय तहमा जान नपाउने गरी कडाई गर्ने निर्णय गरेको थियो ।
स्थानिय तहसम्म ग्रामिण स्यवंसेविका समेतलाई परिचालनको नीति बनाईसकेको सरकारले लकडाउनको अवधीलाई थप एक साता बढाउने गरी तयारी गरेको एक मन्त्रीले बताए । उनका अनुसार सरकारले ३ वैशाखसम्म लकडाउनको अवधी बढाउन सक्ने सम्भावना छ ।
उनले भने,–‘अहिलेसम्म संक्रमणको संख्या कम राख्न सफल भएको सरकारको पूर्व तयारी र सचेतनाका कारण सम्भव भएको र त्यसलाई थप बढन नदिन का लागि लकडउनको अवधी थप गर्न खोजिएको हो । सम्भवत ३ वैशाखसम्म लकडाउनको अवधी थपिन सक्छ ।’ यो निर्णय आजको क्याबिनेट बैठकले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
शासकीय सुधारका लागि १०० कार्य स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद्का ४ निर्णय
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
मध्यपूर्वका विमानस्थलमा रहेका नेपालीलाई सोही स्थानमा सुरक्षा सुनिश्चित गर्ने निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी