मन्त्रिपरिषद् बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०८२, १५ : ०४
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक आह्वान गरेकी छन्। बैठक अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ।

बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ। साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा पनि विचार–विमर्श हुने र केही महत्त्वपूर्ण निर्णय हुन सक्ने स्रोतले जनाएको छ।

यस्तै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको आज बस्ने मन्त्रिपरिषद् बैठक सम्भवत अन्तिम हुने र बैठकमा प्रधानमन्त्रीले सबैलाई धन्यवाद दिने कार्यक्रमसमेत रहेको बुझिएको छ।