च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल अगस्टमा हुने

सफल खबर संवाददाता

आइतबार, २३ चैत्र २०७६, २१ : २८
च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल अगस्टमा हुने

काठमाडौं । च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल अगस्टमा हुने भएको छ । युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफरिनले जर्मन टेलिभजनसँगको अन्तर्वार्तामा च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल अगस्टको पहिलो साता हुने बताएका छन् । ‘यी दुवै प्रतियोगिता अगस्ट ३ तारिखसम्म सकिने छ ।

परिस्थिति सहज भएमा त्यसअघि नै सकिने प्रयास हुनेछ,’ सेफरिनले भनेका छन् । कोरोना भाईरसका कारण युईएफएले बुधबार मात्र च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अनिश्चित कालका लागि स्थगित गरेको थियो । च्याम्पियन्स लिगमा प्रिक्वार्टरफाइनलको दोस्रो लेग चल्दै गर्दा कोरोनाका कारण स्थगित भएको थियो ।

युरोपा लिगको प्रिक्वार्टरफाइनल खेलको पहिलो लेग नै सकिएको छैन । कोरोनाका कारण अहिले युरोकप, कोपा अमेरिका, ओलम्पिक, महिला युरो कप फुटबल लगायत ठूला प्रतियोगिता एकबर्ष पछि सरेको छ ।

प्रतिक्रिया दिनुहोस