एसियन गेम्स छनोटमा चीनमाथि नेपालको २२१ रनको जित

सफल खबर संवाददाता

आइतबार, १७ जेठ २०८३, १२ : ३०
एसियन गेम्स छनोटमा चीनमाथि नेपालको २२१ रनको जित

काठमाडौँ । एसियन गेम्स क्वालिफायर्समा विजयी सुरूवात गर्दै नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले हराएको छ । क्रिकेटको सिकारु राष्ट्र चीनलाई नेपालले बलिङ र ब्याटिङको पाठ पढायो ।

चीनले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कुशल भुर्तेलको विष्फोटक सतकको मद्दतमा नेपालले दुई विकेट गुमाएर ३१३ रनको पहाड खडा गर्‍यो ।

जवाफी ब्याटिङमा चीन ९२ रनमै अलआउट भएको छ ।

प्रतिक्रिया दिनुहोस