भरतपुर । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि भरतपुर महानगरपालिकालाई संयुक्त राष्ट्रसंघिय विकास (यूएनडिपी) ले आवश्यक विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
विश्वभरि नै यसको रोकथाम तथा नियन्त्रणको लागि विभिन्न सतर्कता अपनाएपनि महामारीको रुपमा फैलिदै गइरहेको बेला आवश्यक स्वास्थ्य सामग्री अभाव भइरहेको बेला यूएनडिपीले महानगरलाइ सामग्री हस्तान्तरण गरेको हो ।
सामग्रीहरुमा मास्क (सर्जिकल) २ हजार थान, ग्लोभ १ हजार ८ सय जोडी, सेनिटाइजर ४ थान, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) १५ थान, (कोविड १९) संग सम्बन्धित सुचना र जानकारी भएको फ्लेक्स ६ हजार थान, (यूएनडिपी) भरतपुर महानगरपालिका प्रतिनिधि अन्जना शर्मा अधिकारीले महानगरपालिका नगर प्रमुख रेनु दाहाललाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
मेड नेपालका कार्यकारी निर्देशक मिनराज भण्डारीले सहजिकरण गर्नु भएको कार्यक्रममा ‘विपद जोखिम न्युनीकरणको बुझाई गर्दै’ पुर्व जोखिम सुचित विकास योजना निमार्ण गर्न परियोजना महानगरको ७ वटा वडाहरुमा संचालन गरिरहेको पनि बताए । बिपद्को बेला सहकार्य तथा हातेमालोको लागी महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले नगरको तर्फबाट संस्थाप्रति अभार प्रकट गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम