भरतपुर । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि भरतपुर महानगरपालिकालाई संयुक्त राष्ट्रसंघिय विकास (यूएनडिपी) ले आवश्यक विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
विश्वभरि नै यसको रोकथाम तथा नियन्त्रणको लागि विभिन्न सतर्कता अपनाएपनि महामारीको रुपमा फैलिदै गइरहेको बेला आवश्यक स्वास्थ्य सामग्री अभाव भइरहेको बेला यूएनडिपीले महानगरलाइ सामग्री हस्तान्तरण गरेको हो ।
सामग्रीहरुमा मास्क (सर्जिकल) २ हजार थान, ग्लोभ १ हजार ८ सय जोडी, सेनिटाइजर ४ थान, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) १५ थान, (कोविड १९) संग सम्बन्धित सुचना र जानकारी भएको फ्लेक्स ६ हजार थान, (यूएनडिपी) भरतपुर महानगरपालिका प्रतिनिधि अन्जना शर्मा अधिकारीले महानगरपालिका नगर प्रमुख रेनु दाहाललाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
मेड नेपालका कार्यकारी निर्देशक मिनराज भण्डारीले सहजिकरण गर्नु भएको कार्यक्रममा ‘विपद जोखिम न्युनीकरणको बुझाई गर्दै’ पुर्व जोखिम सुचित विकास योजना निमार्ण गर्न परियोजना महानगरको ७ वटा वडाहरुमा संचालन गरिरहेको पनि बताए । बिपद्को बेला सहकार्य तथा हातेमालोको लागी महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले नगरको तर्फबाट संस्थाप्रति अभार प्रकट गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना