काठमाडौं । जिल्लाको तल्कोट गाउँपालिकामा एक व्यापारीको अज्ञात समुह द्वारा हत्या भएको छ । मंगलबार राती तल्कोट गाउँपालिका वडा नम्बर १ का ७६ बर्षिय व्यापारी डबल बहादुर कुँवरको अज्ञात समूहद्धारा हत्या भएको हो ।
पसल बन्द गरेर सुतेका कुँवरलाई सामान किन्ने काम छ भन्दै पसल खोल्न लगाइ काठले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरी ले जनाएको छ । प्रहरीका अनुसार टाउकोमा गम्भीर चोट लागेका कुँवर बुधबार बिहान मृत अवस्थामा भेटिएका थिए ।
सडक छेउमा रहेको पसलमा अज्ञात समूहले सामान किन्ने निहुँमा पसल खोल्न लगाइ हत्या गरिएको हुनसक्ने स्थानियको अनुमान छ । हत्यापछि कुँवरको पसलबाट एक डण्डा चुरोट लगायत अन्य सामग्री पनि चोरी भएको छ । मृतक कुँवरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएकोे जनाएको छ ।
राती सुतेका कुँबरलाई समान किन्ने निहुँमा अज्ञात समुहले पसल खोल्न लगाई काठले पटक पटक टाउँकोमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर नेत्र बोहराले बताए । शंकास्पद २ जनालाई अनुसन्धानका लागि पक्राउ गरेका छौ छिट्टै घटनाको अनुसन्धान गरी दोशिलाई र्काबाहि गरिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ चैत्र २०७६, २१ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार